कोरोना भाइरस संक्रमणबाट अमेरिकी नाटककारको मृत्यु

0
Shares

अमेरिकामा कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट नाटककार टेरेन्स मेक्नलीको ८१ वर्षको उमेरमा निधन भएको छ।  कोभिड १९ बाट मृत्यु हुने टेरेन्स मेक्नली विश्वको पहिलो प्रसिद्ध कलाकार रहेको बताइन्छ।

चार पटकसम्म टोनी पुरस्कार जितेका विख्यात नाटककार मेक्नलीको अमेरिकाको फ्लोरिडा शहरमा ज्यान गएको हो। करियरमा ६ दशक अवधिमा उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका थिए।

बोल्डोमिटरका अनुसार अमेरिकामा हालसम्म ५४ हजार ९१६ जनामा कोरोना संक्रमणको पुष्टि भैसकेको छ। पछिल्लो दिनमा मात्रै ४ जनाको मृत्यु भएको छ भने १ हजार १७५ जनाको अवस्था गम्भिर रहेको छ।

अमेरिकामा ३५ वटा नयाँ केश फेला गरेको छ। ३७९ जना उपचारपछि घर फर्किएका छन् भने ५३हजार ७५३ जनामा एक्टिभ केश रहेको छ।

प्रकाशित मिति: १२ चैत २०७६, बुधबार  १४ : ११ बजे