
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने व्यक्तिको संख्या ८२ पुगेको छ। भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणबाट मंगलबार थप ७ जनामा कोरोना संक्रमण पोजेटिभ आएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीका अनुसार चार महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हो । उनका अनुसार सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मंगलबार आएको नतिजा अनुसार वर्ष २२, ३०, ४० का तीन जना पुरुष र ९, ३२, ३४ र ५५ वर्षका चार महिलामा कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको हो।
कूल संक्रमितमध्ये १६ जना उपचारपद्धि घर फकिएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भैरहेको छ।












प्रतिक्रिया