नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने व्यक्तिको संख्या हालसम्म कूल ८२ जना पुगेको छ। मंगलबार मात्रै नेपालगञ्जका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोना भाइरसको संक्रमण नेपालका १५ जिल्लामा फैलिएको छ। सबैभन्दा धेरै उदयपुरमा २८ जनामा यो संक्रमण देखा परेको छ भने सबैभन्दा कम रुपन्देही, भोजपुर, सर्लार्ही, धादिङ्ग, र कञ्चनपुरमा १।१ जना संक्रमित रहेका छन्। हेरौं कुन जिल्लामा कति संक्रमित छन्।
उदयपुर २८ जना
बाँके २३ जना
पर्सा ७ जना
काठमाण्डौं ४ जना
कैलाली ४ जना
रौतहट ३ जना
वाग्लुङ्ग २ जना
चितवन २ जना
झापा २ जना
बारा २ जना
रुपन्देही १ जना
भोजपुर १ जना
सर्लार्ही १ जना
धादिङ्ग १ जना
र कञ्चनपुरमा १ जना रहेका छन्।
कोरोना संक्रमितमध्ये ६१ जना पुरुष र २१ जना महिला रहेका छन्। संक्रमितमध्ये प्रदेश नम्बर १ मा ३१ जना, २ मा १३ जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर ५ मा २४ जना, कर्णाली प्रदेशमा शुन्य र सुदूर पश्चिम प्रदेशमा ५ जना गरि कूल ८२ जनामा संक्रमण पुष्टि भएको हो।
हालसम्म १६ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने ६६ जना उपचाररत रहेका छन्। रुपन्देहीमा १ जना, नेपालगञ्जमा २३ जना, धनगढीमा १, भरतपुरमा १, वीरगञ्जमा ९, र विराटनगरामा ३१ जना उपचाररत रहेका छन्। सबै संक्रमितको स्वास्थ्यस्थिति सामान्य रहेको छ।












प्रतिक्रिया