नेपाल एसबिआई बैंकद्वारा कोरोना कोषमा एक करोड सहयोग

0
Shares


नेपाल एसबिआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथामतथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोना बाट प्रभावितको सहयोगको लागिजम्मा १ करोड सहयोग गरेको छ ।

बैंक सञ्चालक समितिको निर्णयअनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषको लागी नेपाल एसबिआई बैंकको तर्फ बाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, अनुकूल भटनागरले ५० लाखको चेक उधोग, वाण्ज्यि तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरे ।

यसका साथै नेपाल एसबिआई बैंकले प्रत्यक प्रदेश सरकारलाई रकम ५ लाखको चेक हस्तान्तरण गरिसकेको छ ।साथै बाँकीका १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथामतथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अतिविपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

उक्त कार्यक्रममा उधोग, वाण्ज्यि तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, नेपाल सरकारका सचिवहरु तथ बैंकको तर्फ बाट नायव कार्यकारी तथा प्रमुख संचालन अधिकृत, शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत, मोहम्मद रिजवान आलम, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत छपि राजपन्त उपस्थित थिए।

बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराईरहेको छ । बैंकले वर्तमान प्रतिकूल परिस्थितिमा पनि नेपालभरि विभिन्न शाखाबाट बैंकिङ सेवा प्रदान गदैं आएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०७७, मंगलबार  १६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।