हालसम्म ६६ हजार बढीमा कोरोना परीक्षण, सुदूरपश्चिममा १४ हजार बढी

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ६६ हजार ७७ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पिसिआर प्रविधिबाट १३ हजार ८५० र आरडिटी प्रविधिबाट ५२ हजार २२७ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर थप १ हजार ५८२ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ६ हजार १२२, प्रदेश नं २ मा ५ हजार ७७८, वाग्मती प्रदेशमा ८ हजार ९४०, गण्डकी प्रदेशमा ६ हजार ७४, प्रदेश नं ५ मा ५ हजार १९३, कर्णाली प्रदेशमा ५ हजार ८७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २४४ जनामा कोरोना परिक्षण गरिएको छ।

  • २१ हजार ९९ जना क्वारेटाइनमा, ‘रेडजोन’ मा ३३०

मुलुकभर हालसम्म जम्मा २१ हजार ९९ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर १ मा २ हजार १२४ जना, प्रदेश नम्बर २ मा १ हजार २९० जना, वाग्मती प्रदेशमा २५८ जना, गण्डकी प्रदेशमा ७२६ जना, प्रदेश नम्बर ५ मा ८ हजार ९२२ जना, कर्णालीमा ३ हजार ७५४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २५ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल १२० रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा २ र उपत्यकाबाहिर ११८ जना आइसोलेशनमा रहेका छन् । मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ६९२ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३२ हजार ८५६ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा ३८८ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप २ जना ‘रेडजोन’ मा परेका छन् । यससँगै रेड जोनाम पर्नेरुको संख्या ३३० पुगेको छ। रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।

हिजोदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आरडिटी पिसीआर विधिबाट नमुना परिक्षण गर्ने सेवा विस्तार गरेको छ। यो सँगै देशका १८ प्रयोगशालाबाट पिसीआर परिक्षण हुन थालेको छ।

  • सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो, मंगलबार मात्रै ७ जनामा पृष्टि

मंगलबार मात्रै थप ७ जनामा पुष्टि भएसँगै मुलुकभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हाल ८२ पुगेको छ । संक्रमितमध्ये ६१ जना पुरुष र २१ जना महिला रहेका छन्। हालसम्म कोरोना सङ्क्रमित देखिएकामध्ये प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नं ५ मा २४, कर्णाली प्रदेशमा शून्य र सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन् ।

कोरोना संक्रमित ८२ पुगे, नेपालगञ्जमा थप ७ जनामा पुष्टि
 

उपचारमा रहेकामध्ये रुपन्देहीमा १ जना, नेपालगञ्जमा २३ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा ९ जना र विराटनगरमा ३१ जना गरि ६६ जनाको उपचार भैरहेको छ। उपचारमा रहेका सबै सङ्क्रमितको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १६ जना निको भई घर फर्किसकेका छन् ।

कोरोना संक्रमित ८२ पुग्दा कुन जिल्लामा कति पुगे ?
 

प्रवक्ता देवकोटाले केही दिनयता मुलुकका विभिन्न क्षेत्रमा मदीरा सेवनबाट कोरोना नमर्ने भएकाले अल्कोहल सेवन हानीकारक रहेको बताए। त्यसको साटो शारिरिक तथा मानसिक रुपमा सक्रिय हुने क्रियकलाप गर्न सुझाव दिए। बरु रक्सी सेवनबाट रोग प्रतिरोधात्मक शक्ति कमजोर भई थप जोखिममा पर्ने बताए।

प्रकाशित मिति: २३ बैशाख २०७७, मंगलबार  १७ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।