विश्वभर करिब ५० लाख व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ९४ हजार ७५१ जना नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ४९ लाख ८२ हजार ८७५ पुगेको हो भने भाइरसका कारण तीन लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।.jpg)
यो समाचार तयार पार्दासम्म विश्वभर तीन लाख २४ हजार ५३५ जनाले ज्यान गुमाएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।
गएको २४ घण्टामा मात्रै चार हजार ५७० जनाले ज्यान गुमाएका छन् । त्यस्तै कूल संक्रमितमध्ये १९ लाख ५६ हजार ३६१ जनाको सफल उपचार भइसकेको छ भने २७ लाख एक हजार ९७९ जना उपचाररत छन् । त्योमध्ये पनि ४५ हजार ४४३ जनाको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा बढी कोरोनाको प्रकोप फैलिएको अमेरिकामा बुधबार बिहानसम्म १५ लाखभन्दा बढी व्यक्तिमा भाइरस संक्रमण देखिएको छ ।
गएको २४ घण्टामा मात्रै २० हजार २८९ जनामा नयाँ संक्रमित थपिएपछि १५ लाख ७० हजार ५८३ जनामा भाइरस संक्रमण देखिएको हो । त्यस्तै अहिलेसम्म अमेरिकामा ९३ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।
स्वास्थ्य संगठनका अनुसार एकै दिनमा एक हजार ५५२ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ९३ हजार ५३३ पुगेको हो । त्यस्तै संक्रमितमध्ये तीन लाख ६१ हजार १८० जना डिस्चार्ज भइसकेका छन् भने ११ लाख १५ हजार ८७० जना उपचाररत छन् । त्योमध्ये पनि १७ हजार २४९ जनाको अवस्था गम्भीर देखिएको छ ।












प्रतिक्रिया