स्थगनको २४ घण्टा नपुग्दै कोरोना बीमा पुन: सुचारु गर्न निर्देशन

0
Shares

बीमा समितिले कोभिड बीमा स्थगन गरेको २४ घण्टा नपुग्दै पुन सुचारु गर्ने निर्णय गरेको छ ।

समितिले बीमा कम्पनीहलाई साबिककै बीमालेख जेठ २३ गतेदेखि लागू हुनेगरी बिक्री गर्न निर्देशन दिएको छ।

बीमा समितिले अब जारी हुने बीमा पोलिसीको अवधी २०७७ साल चैत्र मसान्तलाई कायम गरी पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो ।

समितका कार्यकारी निर्देशक तथा प्रबक्ता राजु रमण पौडेलले आजदेखि कोरोना बीमा सुचारु गरिएको जानकारी दिएका छन् ।

बीमा समितिले सरकारले पनि कोभीड १९ को बीमा पोलिसी ल्याउने तयारी गरेको अवस्थामा एउटै प्रकृतिका २ वटा पोलिसी हुन सक्ने भएकाले त्यसको छलफलका लागि स्थागन गरेको बताएको थियो।

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार  १४ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।