भोलीबाट लकडाउन खुकुलो बनाउने सरकारको निर्णय


मन्त्री परिषदको बुधबारको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । चौतर्फी रुपमा लकडाउन खुलाउनु पर्ने आवाज उठिरहेका बेला आर्थिक कृयाकलाप ठप्प प्राय अवस्थामा छ । लकडाउनका कारण आंशिक रुपमा मध्यमवर्गीय तथा अधिकांस निम्नवर्गीय परिवारको जीवनयापन असहज बनिरहेको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै सरकारले काठमाण्डौं उपत्यकामा लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । यस सम्बन्धमा बिहीबार ३ बजे पत्रकार सम्मेलन गरी बिस्तृत जानकारी दिने स्रोतले नोटबजारलाई बतायो ।

प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार  २२ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।