समर्पण मूल्य र बीमालेख धितो कर्जा सम्बन्धी व्यवस्था परिमार्जन

0
Shares

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई समर्पण मूल्य र बीमालेख धितो राखी लिने ऋणको समय सीमा सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ।

समितिका अनुसार जीवन बीमा कम्पनीले अधिकतम १ आर्थिक वर्षभित्र मात्र बीमालेख व्याक डेट गर्न पाउने भएका छन् । तर एकल बीमाशूल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखहरुमा भने व्याक डेट गर्न नपाइने व्यवस्था समितिले गरेको छ।

यस्तै, बीमालेख अन्तर्गत समर्पण मूल्य तथा बीमालेख धितो राखी ऋण प्रदान गर्दा बीमालेख प्रारम्भ भएको मितिबाट २ वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने समितिले जनाएको छ ।

तर, एकल बीमाशूल्कको भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा भने बीमा प्रारम्भ भएको १ वर्ष अवधि पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न मिल्ने व्यवस्था गरिएको समितिको निर्देशनमा उल्लेख छ।

प्रकाशित मिति: १७ असार २०७७, बुधबार  २० : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।