धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिको व्यवस्था

0
Shares

धितोपत्र दलाल व्यवसायीहरुले ग्रामीण तथा दुर्गम क्षेत्रमा आफ्नो आधिकारिक प्रतिनिधिमार्फत शेयर कारोबार गराउन पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो व्यवस्था गरेको हो।

यो व्यवस्था कार्यान्वयनमा आएपछि ब्रोकरका एजेन्टहरु मार्फत पनि शेयर बजारमा आवद्ध हुन सकिने छ । यसले शेयर बजारको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

स्टक ब्रोकर एशोसिएसनले पनि ब्रोकरको आधिकारिक प्रतिनिधि व्यवस्था कार्यान्वयनमा आउनुपर्ने माग गर्दै आएको थियो।

प्रकाशित मिति: ४ श्रावण २०७७, आइतबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।