नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

0
Shares

नागरिक लगानी कोष (CIT) को ५० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरशेन (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

उक्त शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलेमात्र आवेदन गर्न पाउनेछन्।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ८०० रुपैयाँ तोकिएको छ । आवेदकले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलपत्र पेस गर्न सक्नेछन् ।

आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

न्यूनतम १०० कित्तादेखि माथीको शेयरमा १० ले भाग जानेगरि खरिद गर्न सकिने छ। लिलामीमा राखिएको शेयर खरिदका लागि साउन १२ गतेदेखि १ हप्तासम्म अर्थात १९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

कोषको शेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोलपत्र पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नेपाल एबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

लाइफ इन्स्योरेन्स कर्पोरशेन (नेपाल) लिमिटेडले यसअघि मंसिर २३ गतेदेखि पनि कोषको ५० हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १ हजार ४९५ रुपैयाँ तोकेर बोलकबोल मार्फत बिक्री गरेको थियो। शेयर बजारमा आएको सुधारसँगै कम्पनीको शेयर ३०५ थपेर फेरि बिक्री गर्न लागेको हो।

नागरिक लगानी कोषको साधारण शेयर हाल (साउन ११ गते आइतबार) धितोपत्रको दोस्रो बजारमा प्रतिक्रित्ता २ हजार ५८५ रुपैयाँमा कारोबार भएको छ। 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ साउन २०७७, सोमबार  ०८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।