घट्दो बजारमा दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट, कारोबार खुम्चियो

0
Shares

साताको तेस्रो दिन मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। ठूला कम्पनीहरु समेटिएका बीमा, बैंकिङ्ग सहित ब्यापार र उत्पादनमुलक सूचक १ प्रतिशत बढीले घट्दा सूचकसँगै कारोबारमा पनि दबाब देखिएको हो।

कारोबार अवधिभर तीब्र उतारचढाव व्यहोरेको नेप्सेमा पौने १ बजेपछि निरन्तर बिक्री चाप हाबी हुँदा ७.५९ अंकले घटेर १४५४.८९ बिन्दुमा झरेको हो। अल्पकालीन लगानीकर्ताहरुबाट छोटो अवधिका लागि नाफा बुकिङ्ग कारण बिक्रीचाप बढ्न जाँदा अन्त्यसम्मै सूचकमा घट्न पुगेको हो। ठूला कम्पनीको शेयर सूचक मापन सेन्सेटिभ इन्डेक्स १.६४ अंकले घटेर ३०५.६७ बिन्दुमा बन्द भएको छ।

आज १८५ कम्पनीका ३२ लाख ४७ हजार ६८ कित्ता शेयर २१ हजार ८०५ पटक खरीद बिक्री हुँदा कूल १ अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ रुपैयाँको शेयर कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार रकम ५५ करोड २८ लाख रुपैयाँले घटेको हो। सोमबार १ अर्ब ८१ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

 

आज मिर्मिरे लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जोशी हाइड्रोपावरको शेयरमूल्य आइतबारदेखि बढ्दै आएको थियो।
मल्टिपर्पस फाइनान्स र हिमालयन पावर पार्टनरको ५ प्रतिशतले बढेको बजारमा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, श्री इन्भेष्टमेन्ट फाइनान्स, घलेम्दी हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट फाइनान्स, एनआईसी एशिया ग्रोथ फण्ड र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ३ प्रतिशतले धेरैले सुधार भएको छ।

आजको बजारमा पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशत बढीले घटेको छ। नेपाल हाइड्रो डेभलोपरको ३ प्रतिशत र तिनाउ मिसन डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी संस्थापक, हिमालयन जनरल इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल, ग्रामीण विकास लघुवित्त, इन्फिनिटी लघुवित्त, गुराँस लघुवित्त र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य पनि २ प्रतिशत धेरैले घटेको छ।

आज कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये म्युचुअल फण्डको सूचक १ प्रतिथशत बढी र वित्तको सूचक सामान्य प्रतिशतमा सकारात्मक भएको छ भने १० वटा उपसमूहका सूचक ऋणात्मक रहे। ब्यापार १.९८ प्रतिशत, उत्पादनमूलक सूचक १.३५ प्रतिशतले घट्दा बैंकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, निर्जीबन बीमा, अन्य, लघुवित्त, र जीबन बीमाको सूचक १ प्रतिशत बढीले घट्न पुगेका छन् ।

आज नेपाल रि-इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १० करोड ३५ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

यसैगरी नेपाल लाईफ इन्स्योरेन्सको ९ करोड ८९ लाख २८ हजारको शेयर कारोबार हुँदा एनएमबि बैंकको ६ करोड ४१ लाख ९१ हजार, एनआईसी एशिया बैंकको ५ करोड ६२ लाख ७० हजार, र हिमालयन डिष्टिलरीको ५ करोड ४५ लाख ९१ हजार रुपैयाँको शेयर कारोबार भएको छ। एनआईसी एशिया लघुवित्तको ४ करोड ९४ लाख ७८ हजार, नबिल बैंकको ४ करोड ४५ लाख ५७ हजार, एनसीसी बैंकको ३ करोड ७४ लाख ८९ हजार, शिखर इन्स्योरेन्सको ३ करोड १ लाख १ हजार, र नेपाल बैंकको २ करोड ९२ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलबार  १६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।