थोक लघुवित्तको नाफा प्रभावित, आरएमडिसीको खुद नाफामा १३% संकुचन

0
Shares

सरकारले गरेको चार महिने लकडाउनको असर थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीहरुमा देखिएको छ। लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC) को खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा १३.३८ प्रतिशतको गिरावट देखिएको छ।

लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको अपरिष्किृत वित्तीय विवरण अनुसार २८ करोड ५१ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा लघुवित्तले ३२ करोड ९२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तहरुमा ऋण प्रवाह चार महिना ठप्प हुँदा खुद ब्याज आम्दानी घट्दा लघुवित्तको नाफासँगै अन्य सूचकहरु समेत प्रभावित बनेका हुन्।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.२८ प्रतिशत घटेर ४६ करोड २ लाख ७४ हजार रुपैयाँ र सञ्चालन नाफा ६.२४ प्रतिशत घटेर ४५ करोड २२ लाख २० रुपैयाँमा मात्र आर्जन भएको छ।

Particulars  RMDC Laghubitta ( Rs in ‘000)
Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital 899,323.43 899,323.00 0.00%
Reserve & Surplus 1,699,961.71 1,414,514.00 20.18%
Borrowings 7,066,934.22 6,630,659.00 6.58%
Loans & Advances 8,068,340.06 8,221,947.00 -1.87%
Net Interest Income 460,274.70 485,947.00 -5.28%
Operating Profit 452,220.00 482,337.00 -6.24%
Net Profit 285,149.87 329,214.00 -13.38%
NPL (%) 0 0  
Cost of Fund (%) 7.95 8.98 -11.47%
EPS (In Rs.) 31.71 36.61 -13.38%
Net Worth per Share (In Rs.) 289.03 257.29 12.34%
PE Ratio (times) 22.11

 

चुक्ता पूँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७१ पैसा छ। लघुवित्तको जगेडा कोषको आकार २०.१८ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ९९ लाख ६१ हजार रुपैयाँ रुपैयाँ सञ्चित छ।

आर्थिक वर्ष २०७६/७७ मा लघुवित्तले ७ अर्ब ६ करोड ६९ लाख रुपैयाँ सापटीबाट ८ अर्ब ६ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आवको तुलनामा १५ करोड ३३६ लाख रुपैयाँले कर्जा लगानी घटेको छ।

लघुवित्तको लघुवित्तको प्रतिशेयर नेटवर्थ २८९.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.११ गुणा, कोषको लागत ८.९८ प्रतिशत र खराब कर्जा शुन्य प्रतिशत रहेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ साउन २०७७, आइतबार  ०८ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।