यस साता शेयर बजार परिसूचक मापक नेप्से ५७.६८ अंकले घटेर बन्द भएको छ। आइतबार १ हजार ४३९ दशमलव ०६ अंकमा खुलेको बजार १ हजार ३८१ दशमलव ३८ अंकमा झरेर बन्द भएको हो।
नेप्से सूचक घटेसँगै कारोबार रकम पनि ३४.१० प्रतिशतले घटेको छ। गत साता ८ अर्ब २ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएकोमा २ अर्ब ७३ करोड ५८ हजार रुपैयाँले घटेर ५ अर्ब २८ करोड ६४ लाख बढीको कारोबार भएको छ।
यो साता नेप्सेमा प्रतिदिन औसतमा १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबर शेयर कारोबार भएको छ। गत साता प्रतिदिन औसतमा १ अर्ब ६० करोड ४४ लाख रुपैयाँको कारोबार भएको थियो।
नेप्से घटेसँगै ७ दिनमै लगानीकर्ताले ७१ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ गुमाएका छन्। गत साता शेयर बजारको कूल बजार पूँजीकरण १८ खर्ब ९४ अर्ब ५२ करोड १७ लाख रुपैयाँ रहेकोमा यस साता १८ खर्ब २२ अर्ब ९० करोड ८ लाख रुपैयाँमा संकुचित बनेको छ।
यस साता नेपाल रि इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै ५८ करोड ११ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ३९ करोड ४१ लाख ४३ हजार, तेस्रोमा रहेको प्रभु बैंकको संस्थापक शेयर ३४ करोड २९ लाख ६० हजार, चौथोमा रहेको एनएमबि बैंकको २३ करोड ७६ लाख ६९ हजार, र पाँचौं स्थानमा रहेको एनआईसी एशिया बैंकको २१ करोड ३ लाख २२ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको छ।
यस्तै हिमालयन डिष्टलरीको १५ करोड २० लाख ६६ हजार, नबिल बैंकको १४ करोड ५० लाख ३९ हजार, नबिल बैंकको १४ करोड ५० लाख ३९ हजार, शिखर इन्स्योरेन्सको १३ करोड ५३ लाख ७९ हजार, एनआईसी एशिया लघुवित्तको ११ करोड ११ लाख ७४ हजार रुपैयाँ र नेपाल बैंकको ९ करोड ९ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
शेयर बजार पूँजीकरणको आधारमा नेपाल टेलिकमको सबैभन्दा शिर्ष स्थानमा छ । टेलिकमको ९७ अर्ब ६५ करोड छ । दोस्रो नम्बरमा रहेको नबिल बैंकको ८२ अर्ब ९ करोड ४९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ७२ अर्ब ५४ करोड ९३ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकको ६२ अर्ब ८३ करोड ७८ लाख, एभरेष्ट बैंकको ६० अर्ब ७३ करोड १३ लाख, नेपाल रि इन्स्योरेन्स कम्पनीको ५७ अर्ब ५० करोड, एनएमबि बैंकको ५७ अर्ब ५ करोड ९५ लाख, एनआईसी एशिया बैंकको ५३ अर्ब २५ करोड २७ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५१ अर्ब ५१ करोड ३५ लाख, र हिमालयन बैंकको ५० अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको छ।
यस साता कारोबार कित्ता र संख्या दुबैमा नेपाल रि इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ। कम्पनीको ९ लाख ९५ हजार कित्ता शेयर १० हजार ७७२ पटक कारोबार भएको छ । यसै साता नेप्सेमा ७ कम्पनीका ४ करोड ५३ लाख ५३ हजार ४ सय ८९ कित्ता शेयर सूचीकृत भए।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया