सनराइज बैंक (SRBL) ले साइबर सुरक्षामा आक्रमण भइरहेको भन्दै सुरक्षित तबरले डिजिटल बैंकिङ कारोबार गर्न सबै ग्राहकलाई आग्रह गरेको छ ।
बैंकले वाट्सएप, फेसबुक भाइबर लगायतका समाजिक संजाल र स्वदेश तथा विदशेबाट फोन, म्यासेज गरेर ग्राहकहरुको गोप्य विवरण माग्ने काम गरी डिजिटल भुत्तानीको माध्यमबाट ठगी गर्ने कोशीस भएकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
.jpg)
बैंकको कर्मचारी बताउँदै ग्राहकलाई फोन गरेर एटीएम पासवर्ड, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बरलगायतका गोप्य विवरण मागेमा नदिन पनि सबै ग्राहकलाई आग्रह गरेको छ । बैंकले आफ्ना ग्राहकलाई पासवर्ड र पिन नम्बर परिवर्तन गर्न, खाता कार्डमार्फत भएको कारोबारको स्टेट्मेन्ट रुजु गराउन तथा शंका लागेमा तुरुन्तै बैंकमा खबर गर्न समेत अनुरोध गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया