भदौ लागेपछि सुधार आउन थालेको शेयर बजारमा कारोबार रकममा निरन्तर बढोत्तरी आउन थालेको छ । दैनिक कारोबार रकम बढ्ने क्रममा ६ महिनापछि एकैदिन ४ अर्ब बढीको शेयर किनबेच भएको छ ।
गत महिनादेखि सुधारउन्मुख देखिएको शेयर बजारमा बुलिस ट्रेण्ड कायमै रहँदा बुधबारको बजारमा ऐतिहासिक तेस्रो ठूलो कारोबार भएको छ ।
भदौ १७ गते बुधबार ४ अर्ब १८ करोड १० लाख बढीको शेयर किनबेच भएको छ । यो हालसम्मकै तेस्रो ठूलो कारोबार हो ।
NEPSE 1,510.57 25.58 1.72%
| Market Summary | |
| Total Turnover Rs: | 4,181,036,115 |
| Total Traded Shares | 9,686,009 |
| Total Transactions | 45,272 |
| Total Scrips Traded | 186 |
यसअघि गत फागुन १८ गते हालसम्मकै उच्च ४ अर्ब ८४ करोड बराबरको कारोबार भएको थियो । यस्तै फागुन १५ गते दोस्रो ठूलो ४ अर्ब ४६ करोडको शेयर किनबेच भएको थियो । फागुन १४ गते ४ अर्ब १५ करोड बराबरको काराबोर भएको थियो ।
हालसम्मकै तेस्रो ठूलो उच्च कारोबार भएको बजारमा नेप्से सूचक नेप्से २५.५८ अंकले बढेर १५१०.५७ अंकमा उक्लिएको छ । कारोबारमा बीमा समूहका बाहेक सबै समूहको सूचक बढेपछि बजार बढेको हो । यसदिन अधिकांश जलविद्युत कम्पनीको शेयरमूल्य उच्चदरले बढेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया