लुम्बिनी विकास बैंक संस्थापकले साढे १ लाख कित्ता शेयर बिक्री गर्ने

0
Shares

लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) का संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएका छन् ।

विद्यमान संस्थापकहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि बैंकमा निवेदन दिएपछि बैंकले हाल बैंकको संस्थापक शेयरधनीबाट ३५ दिनभित्र उक्त शेयर खरीदका लागि सार्वजनिक सूचना जारी गरेको छ।

उक्त संस्थापक शेयर खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले विवरण खुलाई ३५ दिनभि बैंकको कार्यालय डिल्लीबजारमा लिखित निवेदन दिन आह्वान गरिएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापकबाग माग आह्वान गरिएको हो ।

सो समयभित्र शेयर खरीद गर्न विद्यमान संस्थापक शेयरधनीहरुले निवेदन प्राप्त हुन नआए वा पुरै शेयर बिक्री नभए प्रचलित कानुन बमोजिम आम सर्वसाधरणबाट बिक्री गरिने बैंकले जनाएको छ । बैंकको साधारण शेयरको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता १८१ रुपैयाँ रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भाद्र २०७७, सोमबार  १६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।