प्रि-ओपनिङ्ग कारोबारः २१ कम्पनीको शेयरमूल्य बढ्यो, एनआरएनको अझै घट्यो

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा बुधबार कारोबारमा आएका ३२ कम्पनीमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ। ६ कम्पनीको शेयरमूल्य स्थिर छ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३२ कम्पनीका ७ हजार ६३८ कित्ता शेयर ७६ लाख ६८ हजार ८४६ रुपैयाँमा खरीद बिक्री भएका छन्। ।

आजको प्रिओपनिङमा एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । उन्नती सहकार्य लघुवित्त, नागरिक लगानीकोष, कामना सेवा लगायतको शेयर मूल्य उच्चदरले बढेको छ ।

यस अवधिमा नेप्से ३.३५ अंकले बढेर १४९८.५० बिन्दुमा बन्द भएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।