प्रि-ओपनिङ्ग कारोबारः २३ कम्पनीको शेयरमूल्य बढ्दा ५ कम्पनीको घट्यो, कसको कति ?

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा विहीबार कारोबारमा आएका ३६ कम्पनीमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ। ८ कम्पनीको शेयरमूल्य स्थिर छ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३६ कम्पनीका १७ हजार १७५ कित्ता शेयर एक करोड ३५ लाख ६४ हजार रुपैयाँमा खरीद बिक्री भएका छन्। ।

आजको प्रिओपनिङमा पनि एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । ,रिलयान्स लाइफको करिब ५ प्रतिशतले बढेको छ ।
यस अवधिमा नेप्से ६.१२ अंकले बढेर १५४३.३३ बिन्दुमा बन्द भएको छ।

 

प्रकाशित मिति: २५ भाद्र २०७७, बिहिबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।