नेप्से र कारोबार दुवैमा सुधार, हाइड्रो र होटलका शेयर लगानीकर्ताको रोजाईमा

0
Shares

अघिल्लो दिन सामान्य करेक्स्न आएको शेयर बजार बुधबार सामान्य बढेको छ । जलविद्युत र होटलका शेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दा कारोबार रकममा समेत बढेको छ ।

शेयर बजारबाट छोटो समयमै नाफा कमाएका लगानीकर्ताले नाफा बुक गर्नेक्रममा पोर्टफोलियो बदल्दा यसको सकारात्मक प्रभाव जलविद्युतमा परेको छ । अन्य समूहबाट गरेको नाफा जलविद्युतका सस्ता शेयर खरीदमा लगानी गरेको देखिन्छ । त्यस्तै लकडाउन खुकुलो भएपश्चात होटलहरुको व्यापारमा सुधार आउने अपेक्षाले होटलका शेयरमा समेत लगानी बढ्दा मूल्य बढ्न गएको हो।

बुधबार नेप्से सूचक ५.३६ अंकले बढेर १५४१.४० अंकमा पुगेको छ । आज १९४ कम्पनीका ६३ लाख ९० हजार ८३ कित्ता शेयर ३० हजार ५९० पटक खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ८४ करोड ५६ लाख नाघेको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा ५ करोड धेरै हो ।

बुधबार कारोबारमा आएका १२ उप समूहका समूहगत परिसूचकमध्ये बैंकिङ समूह बाहेक सबै सकारात्मक भएका छन । बैंकिङ समूह ०.३७ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै होटल समूह ९प्रतिशत बढीले बढेको छ भने जलविद्युत समूह ४.७१ प्रतितशले उकालो लागेको छ । व्यापार समूहमा पनि दुई प्रतिशत बढीले सुधार आएको छ ।

Index Current Points Change % Change  
NEPSE 1,541.40 5.36 0.35  
Sensitive 305.48 0.83 0.27  
Float 106.45 0.3 0.28  
Sen. Float 100.19 0.14 0.14  
 
Sub-Indices Current Points Change % Change  
Banking 1,221.31 4.58 0.37  
Trading 1,010.27 20.93 2.12  
Hotels 1,723.03 142.81 9.04  
Development Bank 1,771.91 2.08 0.12  
HydroPower 1,201.67 54.09 4.71  
Finance 684.90 1.13 0.16  
No Life Insurance 8,147.88 42.37 0.52  
Manu. & Pro. 3,052.85 2.82 0.09  
Others 1,012.00 1.48 0.15  
Microfinance 2,593.25 4.87 0.19  
Life Insurance 9,830.07 72.14 0.74  
Mutual Fund 10.86 0.06 0.51  
 

सधैजसो नेपाल रि इन्स्योरेन्सको बुधबार उच्च कारोबार भएको छ । जसको ९ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको नजिकिँदो साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक चुनिने भएको तथा गत आवदेखि लाभांश वितरण गर्न नपाउने बन्देज हटेकाले पनि लाभांशको आशामा पनि लगानीकर्ताले सो कम्पनीको शेयरमा लगानी बढाइरहेका छन् ।

कारोबार संख्याको आधारमा एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै २ हजार १५३ वटा र कारोबार कित्ताको आधारमा नेशनल हाइड्रोको २ लाख ६१ हजार कित्ता कारोबारमा भयो । नेपाल लाइफ तथा नागरिक लगानीकोष पनि उच्च कारोबार हुनेमा अग्रपक्तिमा रहेका छन् ।

यसदिन अधिकांस जलविद्युत कम्पनीको शेयरमूल्य उच्चदरले बढेको छ । रिलायन्स लाइफ, एनआरएन लघुवित्तको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

घलेम्दी हाइड्रोपावर, वरुण, सिनर्जीपावर, घलेम्दी हाइड्रोपावर, युनाइटेड मोदी लगायतकोे शेयरमूल्य ९ प्रतिशत धेरै बढेर सर्किट लागेको हो । आजको बजारमा म्युचुअल फण्डका लगानीकर्ताहरुले धेरै गुमाएका छन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७७, बुधबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।