नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कोरोना भाइरस संक्रमण तथा नियन्त्रणका लागि खडा गरेको कोषमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले विश्वब्यापी महामारी नोबले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाल सरकारद्धार स्थापित ‘कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वपापत प्राप्त हुने रकम प्रदान गर्नुभएको जानकारी दिए ।
यसअघि प्रधानमन्त्री केपी ओली तथा मन्त्रीहरुले दशैं भत्ता वापत प्राप्त हुने रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरेका थिए।
कोरोना भाइरस संक्रमण फैलिएर आम जनताको जनजीवन अस्तव्यवस्त भैरहेको भन्दै गोकर्ण विष्ट लगायत अन्य केही सांसदहरुले समेत चाडपर्व वापत प्राप्त हुने रकम फिर्ता गरेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया