जिल्ला प्रहरी कार्यालय पर्साले १ हजार वटा पटका सहित चार जनालाई पक्राउ गरेको छ । कार्तिक १९ गते भारतको रक्सौलबाट विभिन्न किसिमको पटाका खरिद गरी लुकाई छिपाई वीरगञ्ज तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगर पालिका वडा नं. १६ स्थित सडक खण्डमा ना.२ ह ३०४६ नम्बरको अटो रोकी चेकजाँच गर्दा निम्न परिमाणको पटाका, अटो र चार जनालाई नियन्त्रणमा लिएको हो ।
ती व्यक्तिबाट प्लाष्टिकको बोरा भित्र किङ्ग कोब्रा लेखिएको विष्फोटक पदार्थ (पटाका) १०/१० वटा बन्डलको दरले ५०/५० वटाको प्याकेटको दरले जम्मा १००० वटा प्याकेट बरामद भएको हो ।
प्रहरी अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वा बस्ने भुलन साह तुराहाको छोरा वर्ष २० को रञ्जन कुमार शाह, देश भारत विहार राज्य रक्सौल मौजेटोल बस्ने मौजी तुराहाको छोरा बर्ष २६ को राज कुमार गुप्ता, विहार राज्य रक्सौल मौजेटोल बस्ने लक्ष्मी प्रसाद चौरसियाको छोरा बर्ष २६ को शैलेश कुमार चौरसिया र बाबुलाल प्रसाद चौरसियाको छोरा बर्ष ३० को अखिलेश प्रसाद चौरसिया पक्राउ परेका हुन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया