युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले तिहारपछि मात्र आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार समय परिवर्तन गरिएको जनाएको छ ।
बोर्डले कार्तिक २५ गते पत्र पठाउँदै शेयर निष्काशन सार्न निर्देशन दिएको अनुसार शेयर निष्काशन मिति सरेको हो ।
यसअघि कम्पनीले कात्तिक २७ गते बिहीबरदेखि सर्वसाधारणमा शेयर निष्काशन गनेृ मिति तोकेको थियो।
बुधबारदेखि माउन्टेन हाइड्रोपावरको शेयर खुला भैसकेकाले एकैपटक शेयर निष्काशन गर्दा मेरोशेयरमा लोड पर्ने भएकाले बोर्डले युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरलाई तिहारपछि मात्र शेयर निष्काशन गर्न बोर्डले निर्देशन दिएपछि बिक्री प्रबन्धकले मिति सारेको हो ।
यससँगै अब कम्पनीको आईपीओ मंसिर ३ गते बुधबारदेखि ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन खुला हुनेछ । जसमध्ये सामूहिक लगानी कोष्का लागि ४३ हजार ६९६ कित्ता र कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्टाइएको छ भने ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर बिक्रीमा ल्याउन लागेको हो ।
आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट मंसिर ७ गते आइतबारसम्म आवेदन दिन सकिन्छ ।
सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया