सूर्या लाइफको व्यवसाय विस्तारसँगै नाफामा सुधार

0
Shares

सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा खुद बीमा शुल्कसँगै खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ५७ करोड ९१ लाख रुपैयाँ थियो ।

व्यवसाय विस्तार भएपछि इन्स्योरेन्सको नाफा समेत २ करोड २८ लाख १७ हजार रुपैयाँले बढेको छ । इन्स्योरेन्सले १० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद नाफा ७ करोड ८७ लाख रुपैयाँ थियो। इन्स्योरेन्सको आम्दानीमा सुधार तथा खर्च घटेका कारण खुद नाफा बढेको हो।

असोज मसान्तसम्ममा इन्स्योरेन्सले बीमालेख धितोबापत २ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ। इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य शिर्षकमा १७ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ ।

२ अर्ब १५ करोड ५१ लाख रुपैयाँ चुक्तापूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ७६ करोड १ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८ अर्ब ७ करोड ४६ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ११ करोड ९४ लाख रुपैयाँ सञ्चित छ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सले कुल २ हजार ७३ दाबीबापत १८ करोड ३७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १६४ दाबी बापतको २ करोड १६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ७८ पैसा तथा मूल्य आम्दानी अनुपात ३१.९२ गुणा कायम भएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार  ०९ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।