चन्द्रागिरी हिल्सको साढे १८ करोड आईपीओ आउँदै, बोर्डबाट पायो स्वीकृति

18
Shares

चन्द्रागिरी हिल्स लिमिटेडले नियामक निकाय धितोपत्र बोर्डबाट साढे १८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ ।

कम्पनीलाई १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न बोर्डले कार्तिक २८ गते अनुमति दिएको हो । कम्पनीले स्थानीय र सर्बसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा जारी पूँजीको १२ प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । अब कम्पनीले शेयर निष्काशनको मिति तोकेर आह्वानपत्र प्रकाशन ल्याउनेछ । सो पछि शेयर जारी हुनेछ।

कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै जेठ २५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

आसन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा लड्न लागेका उद्यमी चन्द्र ढकालको प्रमुख लगानी रहेको कम्पनीले काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ मंसिर २०७७, बिहिबार  १६ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।