अघिल्लो दिन १२३ अंकको गिरावट आएको शेयर बजार सोमबार भने ७२ अंकले सुधारिएको छ । आइतबार नेप्से सूचक ६ प्रतिशतले घटेपछि नियमित समय भन्दा झण्डै एक घण्टा अगाडि कारोबार स्थगित भएको थियो ।
नेपाल राष्ट्र बैंकले शेयर कर्जा र व्यक्तिगत कर्जा पुनरावलोकन गर्ने बताएपछि शेयर बजारका लगानीकर्ताहरु अत्तालीएर शेयर बिक्री गर्दा बजार उच्चदरले घटेको थियो ।निरन्तर बढेको बजारमा नाफा बुक गर्नेहरु सक्रिय हुँदा पनि बिक्रीको चाप पर्दा बजारमा थप दबाब परेको थियो ।
अघिल्लो दिनमा उच्चदरले घटेको बजारलाई सोमबार लगानीकर्ताले अवसरको रुपमा लिदा बजार सुधारिएको हो । सोमबार पनि बजार खुलेको सुरुवाती चरणमा तिब्र उतारचढाब देखिएको थियो।
सोमबार नेप्से सूचक ७२.२८ अंकले बढेर २ हजार ०४ दशमलव ३९ बिन्दुमा बन्द भएको छ। यसदिन २०६ कम्पनीको एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड ७९ हजार हजार रुपैयाँमा खरिद बिक्री भएको छ।
कारोबारमा आएका सबै उपसमूहको सूचक बढेपछि समग्र बजार बढेको हो । तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा कम हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया