
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को शनिबार सम्पन्न पाँचौं महासभाबाट नोटबजार डटकमका ग्रुप एडिटर परमेश्वर अधिकारी कोषध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
द राइजिङ्ग नेपालका पत्रकार मोदनाथ ढकालको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा अधिकारीले दुई वर्ष कोषध्यक्षको भुमिकामा काम गर्नेछन् ।
महासभाबाट १५ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्यसमितिमा रेडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजकी मेनुका कार्कीलाई उपाध्यक्षमा चयन भएका छन् ।
महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य निर्वाचित भए । बिजपाटीका महमल अजमत अली नाफिजका नयाँ सह–सचिव बनेका छन् ।
महासभाले नाफिजका नयाँ कार्यसमिति सदस्यमा ५ जनालाई निर्वाचित गरेको छ । जसमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुंगाना र नेपालखबरका दीपक भट्ट छन् ।
यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सिताराम भट्टराई स्वतः कार्यसमिति सदस्य बनेका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको सभाको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया