साधना लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा

0
Shares

साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ।

मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।