प्रि-ओपनिङ्गमा ३२ कम्पनीको कारोबार, २१ कम्पनीको शेयरमूल्य बढ्यो

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्गमा शेयर बजार परिसूचक मापक नेप्से ३.५० अंकले बढेको छ । नेप्से ३५.७८ अंकले बढेर २ हजार ५८ बिन्दुमा पुगेको हो ।

आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३२ कम्पनीका १३ हजार ७०१ कित्ता शेयर १ करोड २ लाख ३० हजार रुपैयाँमा खरीद बिक्री भएका छन् ।

प्रकाशित मिति: २ पुस २०७७, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।