हिमालयन डिष्टिलरी (HDL) ले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । .jpg)
कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
पुस २ गते बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड ८४ लाख ६८ हजार रुपैयाँ छ ।
कम्पनीले २८ करोड ९२ लाख रुपैयाँ बराबरको बोनस र कर सहित त्यतीनै नगद लाभांश वितरण गर्नेछ । बोनसपछि कम्पनीको पूँजी ८६ करोड ७७ लाख रुपैयाँ नाघ्नेछ ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले ५० प्रतिशत बोनस तथा ५२ प्रतिशत नगद लाभांश गरेर कुल १०२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
हाल कम्पनीको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४ हजार ४०० रुपैयाँ रहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया