श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता भुक्तानी गर्न थाल्यो

0
Shares

श्रीराम सुगर मिल्सले उखु किसानको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम शुक्रबार देखि भुक्तानी सुरु गरेको जनाएको छ ।

उद्योगले भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा भई सकेको जानकारी दिएको छ । बक्यौता रकम भुक्तानीका लागि कारखाना स्थलमा सूचना टांस गरी सकेको पनि उद्योगले विज्ञप्ति मार्फत जनाएको छ ।

उद्योगले उखु उत्पादक किसानहरुको अत्याधिक सहयोग र साथ पाउँदा पाउँदै पनि विभिन्न परिस्थितिका कारण उद्योग नोक्सानीमा गई किसानलाई भुक्तानी गर्न बिलम्ब भएकोप्रति क्षमा समेत मागेको छ । उद्योगले उखु किसानहरुको ३५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७७, शुक्रबार  १५ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।