
प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा संलग्न ७ मन्त्रीले आइतबार सामुहिक राजीनामा दिएका छन् ।
प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
शिक्षामन्त्री गिरिराजमणी पोखरेल, ऊर्जा तथा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, बनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुषाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर यादव, खानेपानीमन्त्री बिना मगरले राजीनामा घोषणा छिन् । पूर्व माओवादी खेमाका रामबहादुर थापा र लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

प्रधानमन्त्री ओलीले आइतबार मन्त्रीपरिषद् बैठकबाट संसाद विघटन गर्ने प्रसतावमाथि छलफल गरेर राष्ट्रपति कार्यालयबाट संसद विघटन गदै आगामी बैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति समेत घोषणा गरिसकेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया