सुन चाँदीको मूल्य मंगलबार घट्यो

0
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस यता लगातार बढीरहेको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार छापावाला सुनको भाउ तोलामा ९४ हजार ९०० रुपैयाँ, तेजावी ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदी प्रतीतोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९५ हजार २०० रुपैयाँ, तेजावी ९४ हजार ७०० रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयामा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।