
ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस) को नेटवर्किङ्गमा समस्या आउँदा ब्रोकर अफिसमा एक घण्टादेखि शेयर कारोबार अवरुद्ध बनको छ ।
उक्त समस्या मध्यान्न १२ बजेदेखि देखिएकोमा हालसम्म समाधान हुन सकेको छैन । समस्या नसुल्झदाँ ब्रोकर कार्यालयका कर्मचारीहरुले टिएमएस म्यानेजमेन्टको जिम्मेवारी पाएको वाईकोे प्रालिलाई लगातार दबाब दिइरहेपनि अझै समस्या समाधान भने हुन सकेको छैन ।
एक ब्रोकर कम्पनीले समस्याबारे जानकारी गराएपनि अझै समस्या सामाधान हुन नसकेको बताए । ‘हामीले समस्या आउनसाथ जानकारी गराएपनि केही समय चल्ने र फेरि समस्या आउने क्रम जारी छ । समस्याका कारण एक घण्टादेखि नै लगानीकर्ताको अर्डर प्लेसमेन्ट गर्नसकिएको छैन ।’ उनले भने ।
यद्यपी ब्रोकर कार्यालयबाट अनलाई युजर लिएका लगानीकर्ताको टिएमएस भने चलिरहेको एक लगानीकर्ताले बताए ।
उता टिएमएस म्यानेजमेन्टको जिम्मेवारी पाएको वाईकोे प्रालिका एक प्राविधिक सुरेश थापाले समस्या समाधानको प्रयास भैरहेको जनाए ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले टिएसमएसमा आएको समस्याको जिम्मेवार नेप्से नभई ब्रोकर कम्पनीहरुकै हुने बताए । उनले नेप्सेले सिस्टम निमार्ण गरी सो पश्चातको प्रावधिक तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी ब्रोकर कम्पनी र सो सिस्टमको व्यवस्थापकले नै गर्नेगरी प्रदान गरेको बताए ।
ब्रोकर अफिसमा रहेको टिएमएस नचल्दा ठूला ठूला कारोबार हुन सकेको छैन । जसका कारण कारोबार रकम समेत सुस्त बढिरहेको छ । सीमित अनलाईन युजर लिएका लगानीकर्ताले मात्र कारोबार गरिरहेका छन् ।
यस अवधिमा ४ अर्ब ५७ करोडको शेयर कारोबार भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया