घोडीघोडा लघुवित्तले पुस २९ गते बुधबार बीना लाभांश पाँचौ साधारण सभा आह्वान गरेको छ ।
पुस ७ गते मंगलबार बसेको संचालक समितिको १०८ औँ बैठकले धनगढी कैलालीमा सभा आह्वान गरेको हो । उक्त साधारण सभाले युनिक नेपाल लघुवित्तसँगको मर्जरको प्रस्ताव भने पारित गर्ने भएको छ ।

साथै साधारण सभामा आ.व.२०७७/०७८ का लागि लेखापरिक्षक नियुक्त गरि लेखापरिक्षकको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन गरिने छ ।
लघुवित्तले साधरण सभाका प्रयोजनका लागि शेयर दाखिला खारेज पुस २३ गते बिहिबार बन्द गर्ने भएको छ । तसर्थ पुस २२ गते बुधबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित हुन सक्नेछन् ।
कञ्चनपुरमा मुख्य कार्यालय रहेको घोडीघोडा लघुवित्त र कोहलपुर बाँकेमा मुख्य कार्यालय रहेको युनिक नेपाल लघुवित्तबीच गत कात्तिक २१ गते एक आपसमा गाम्भे/गाभिने (मर्जर सम्झौता) भएको थियो ।
घोडीघोडा दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने युनिक नेपालले आइपीओ जारी गरेको छैन । अहिले घोडीघोडाको दोस्रो बजारमा कारोबार रोक्का छ ।
हाल घोडीघोडा लघुवित्तको चुक्ता पूँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको छ भने हालसम्म आईपिओ निष्काशन नगरेको युनिक नेपालको चुक्ता पूँजी ६ करोड ३० लाख रहेको छ ।
मर्जरपछि सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व पुर्याउन कम्पनीले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया