नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शु्क्रबार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ, तेजावी ९३ हजार ७ सय रुपैयाँ र चाँदी तोलामा १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
महासंघका अनुसार बिहिबार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजावी ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया