‘नागरिक एप’ सार्वजनिक

0
Shares

सरकारले सरकारी सेवाहरु भरपर्दो, सुरक्षित, व्यवस्थित गर्न आज नागरिक एप सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले उक्त एपको शुभारम्भ गरेका हुन् ।

विसं २०७५ बाट निमार्ण थालिएको नागरिक एपको आजबाट बेटा भर्सनको परीक्षण थालिएको हो । नागरिक एप मार्फत सरकारले प्रवाह गर्ने सेवा र पहुँच सहज हुने सरकारको विश्वास छ ।

सूचना र सञ्चावर प्रविधि क्षेत्रमा भईरहेको तीव्र प्रविधिको उपयोग गरी ज्ञान तथा सूचनामा आधारित समाज तर्फ रुपान्तर गर्न नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरे बमोजिम नागरिक मैत्री सेवा प्रवाह गर्न यो एप तयार पारिएको बताइएको छ ।

एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर प्राप्त गर्न सकिन्छ । आफ्नो मोबाइल नम्बर राखिसकेपछि एप सञ्चालन गर्न सकिन्छ । कुनै कार्यालयले दिने सेवाका लागि प्यान विवरण चाहिने भएमा प्यान नम्बर राखेकै भरमा कार्यालयले राजस्व विभागसँग पहुँच राख्न र उक्त सूचना लिन सक्छ । अर्थात् तपाईंले प्यान कार्डको फोटोकपी बुझाउनु पर्दैन । एपमा कुनै पनि विवरण भर्नु वा अपलोड गर्नु पर्दैन । एपले आवश्यक जानकारी लिने र पुष्टि गर्ने काम गर्दछ ।

पहिलो चरणमा सरकारी सेवा समेटिएको यस एपमा दोस्रो चरणमा अर्ध सरकारी सेवा समेटिनेछ । स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा एपबाट हुनेछ । नागरिक एप एक क्लिक गरेका भरमा आफैँ आवेदन भरिन्छ । सरकारका विभिन्न निकायसँग भएका तपाईंका विवरणहरु स्वचालितरुपमा रुजु गर्छ ।

आधुनिक र सुविधाजनक एप मार्फत सरकारले मोबाइल एपबाटै सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई सुन्ने अवधराणा अनुसार तयार गरेको हो । गुनासो सुनेपछि तत्कालै त्यसको सम्बोधन गराउन समेत यो एप प्रभावकारी हुने विश्वास लिइएको छ । यसअघि ‘हेलो सरकार’ संयन्त्रमार्फत नागरिकको गुनासो लिइरहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ माघ २०७७, शुक्रबार  १६ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।