
स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पाउन आज (माघ २९ गते बिहीबार) सम्म शेयरधनी बन्नुपर्ने छ ।
लघुवित्तले फागुन १३ गते बिहीबार डाकेको चौंथो वार्षिक साधारण सभाका लागि शुक्रबार बुकक्लोज गर्दैछ । बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएकाले लाभांश खाने लगानीकर्ताले आजसम्म शेयर किनेर शेयरधनी भैसकेको हुनुपर्छ भने लाभांश नखाने लगानीकर्ताले शेयर बिक्री गरी बाहिरिन पनि सक्नेछन् ।
स्वाभिमान लघुवित्तको माघ २० गते बसेको सञ्चालक समितिको ५० औं बैठकले फागुन १३ गते बिहीबार सभा डाकेको हो । सभा अपरान्ह ३ बजे डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहीमा सञ्चालन गरिने लघुवित्तले जनाएको छ ।
लघुवित्तले आ.व. २०७६/०७७ को नाफाबाट २० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया