
नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई हकप्रदबाट पूँजी वृद्धि गर्ने बाटो बन्द गरेपछि एकपछि अर्को गर्दै लघुवित्त कम्पनीहरुले साधारण सभाबाट मर्जर तथा प्राप्तीको एजेण्डा पारित गर्दै आफ्नो सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी तयारी अवस्थामा बस्न थालेका छन् ।
एकपछि अर्को गर्दै साधारण सभाबाट मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पारित गर्ने कम्पनीको रुपमा डुम्रे तनहुँमा केन्द्रीय कार्यालय रही राष्ट्रिय कार्यक्षेत्र रहेको सबैको लघुवित्त पनि अग्रसर देखिएको छ ।
लघुवित्त सञ्चालक समितिको फागुन १६ गते सम्पन्न स्ञ्चालक समितिको ८२ औं बैठकले चैत १४ गते शनिबार आह्वान गरेको साधारण सभामा लाभांश अनुमोदनको अतिरिक्त मर्जर तथा पप्तीलाई मुख्य एजेण्डा बनाइएको छ ।
सभाले सञ्चालक समितिले गत आव २०७६।७७ बाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १०.५० प्रतिशत (१ करोड ९५ लाख ७७ हजार २५० रुपैयाँ) बोनस शेयर र ०.५५ प्रतिशत १० लाख ३० हजार ३८१ रुपैयाा) नगद लाभांश अनुमोदन गर्नेछ । हाल १८ करोड ६४ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस शेयर वितरणपछि २० करोड ६० लाख २७ हजार २५० रुपैयाँ पुग्नेछ ।
यसैगरी संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गरी सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने, केन्द्रीय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले सबैको लघुवित्त र घ वर्गाको अन्य लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिने, सम्पीत्त तथा दायित्व मूल्याङ्कन गर्न मूल्याङ्ककनकर्ता नियुक्त गर्ने, प्रभलित कानुन बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने नियामक निकायबाट निर्देशन बमोजिम आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने तथा प्रबन्धपत्र तथा नियमावलीमा प्रस्तावित संसोधन उपर परिमार्जन तथा फेरबदल गर्न निर्देशन आएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा छ ।
साधारण सभा तथा लाभांश वितरणका लागि लघुवित्तले फागुन २८ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यस अनुसार फागुन २७ गते महाशिवरात्रीको सार्वजनिक विदा परेकाले फागुन २६ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरुले मात्र लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
लघुवित्तले चैत १४ गते, शनिबार मस्र्याङ्दी रिभर भ्यु रिसोर्ट, बन्दिपुर ५, तनहुँमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा डाकेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया