रुरु जलविद्युतको आइपीओ बाँडफाँड, ३७ हजार ९१६ जनाले पाए शेयर

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
३बैशाख, २०७८, शुक्रबार / Apr 16, 2021 09:03:am


रुरु जलविद्युतको आइपीओ (बैशाख ३ गते) बाँडफाँड भएको छ। कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले हात पारेका छन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बाँडफाँड गर्दा ३७ हजार ९१६ जना आवेदकले मात्र शेयर पाएका हुन् ।

क्यापिटलका अनुसार सर्वसाधारणमा निष्काशन गरिएको ३ लाख ७९ हजार १६७ कित्ता शयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले गोलाप्रथाबाट १० कित्ता पाएका हुन् । यसरी बाँडफाँड गरी बाँकी रहेको ७ कित्ता शेयर पुनः शेयर पाउने ३७ हजार ९१६ जनालाई गोलाप्रथामा सहभागि गराएर ७ जनालाई थप १ कित्ता वितरण गरिएको हो ।

यसअनुसार कम्पनीको आइपीओ ७ जनाले ११ कित्ता र ३७ हजार ९०९ जनाले १० कित्ता पाएका छन् । बाँकी आवेदकले शेययर पाउन सकेनन् ।

कम्पनीले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको थियो ।

कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोषका लागि २० हजार ३८५ र कर्मचारीहरुलाई लागि ८ हजार १५४सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइपीओमा कुल १६ लाख ८३ हजार १२१ वटा आवेदन मार्फत २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता खरीदको लागि आवेदन परेको हो । जुन सर्वसाधारणबाट माग भएको तुलनामा ६२.१० गुणा बढी हो ।

 

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments