मैलुङ खोलाको आईपीओ यसरी भयो बाँडफाँड, ६ जना भाग्यमानीलाई ११ कित्ता

0
Shares

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मंगलबार बिहान बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँड गरिएको हो । आएपीओमा आवेदन गर्ने ६८ हजार ४६८ जनाले १० कित्ता तथा ६ जनाले ११ कित्ताका दरले शेयर हात पारेका छन्।

कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन गरेका थिए । आवेदन गरेकामध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको थियो । सदर आवेदक २० लाख ६५ हजार १२४ जनामध्येबाट गोलाप्राथागरी आईपीओ बाँडफाँड गरिएको हो।

कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म आईपीको बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

मैलुङ्ग खोलाले कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखि नै व्यवसायिक आम्दानी गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ श्रावण २०७८, मंगलबार  ०९ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।