वोमी लघुवित्त र सूर्योदय लघुवित्तबीच मर्जर सम्झौता, पुस मसान्तभित्र एकीकृत कारोबार थाल्ने

0
Shares

वोमी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जर तथा प्राप्ती सम्बन्धी सम्झौत सम्पन्न भएको छ ।

मंगलबार दुई संस्थाबीच काठमाडौंमा गाभ्ने/गाभिने सम्झौतामा हस्ताक्षर भएको सहमति अनुसार संयुक्त मर्जर कमिटी गठन गरी आगामी पुस मसान्तसम्म मर्जर प्रक्रिया सम्पन्न गर्ने सहमति भएको छ ।

संयुक्त मर्जर कमिटीमा वोमी लघुवित्तको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाई, र शिवप्रसाद मिश्र तथा सुर्योदयको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा र एक बहादुर गोदार रहने भएका छन् ।

सम्झौता अनुसारदुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) अनुसार स्वाप रेसियो तय हुनेछ भने एकीकृत संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था रहने भएको छ ।

सम्झौता अनुसार हाल सुर्योदयका सीईओ मर्जरपछि बन्ने संस्थाको सीइओ बन्नेछन् भने हाल ओमीका सीइओ मर्जरपछि बन्ने संस्थाको डेपुटी सीईओ रहने छन् ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने पुतलीबजारमा केन्द्रीय कार्यालय रहेको सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

मंगलबार मर्जर सम्झौता भएसँगै नेपाल स्टक एक्सचेन्जले बुधबारदेखि दुबै संस्थाको नेप्सेमा शेयर कारोबार रोक्का गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: १६ भाद्र २०७८, बुधबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।