महालक्ष्मी र आईसिएफसिको शेयरमूल्यमा नकारात्मक सर्किट

0
Shares

कर्नरिङ गरेर शेयरमूल्य बढाइएको दुई कम्पनी महालक्ष्मी विकास बैंक लिमिटेड र आईसिएफसि फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुबै कम्पनीको का।रोबारको अध्ययन गरी कारवार्ही प्रकृया अगाडि बढाउने भएपछि मंगलबार दुबै कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जमा मंगलबार नियमित कारोबार खुलेपछि नै दुबै कम्पनीको शेयरमूल्य घट्न थालेको थियो । महालक्ष्मीको शेयरमूल्य १० प्रतिशतले घटेर ७९३.८० रूपैयाँ र आईसिएफसिको शेयरमूल्य १० प्रतिशतले घटेर ९५६.७० रूपैयाँ ७० पैसामा झरेको हो ।

नेपाल धितोपत्र बोर्डले  आईसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर कर्नरिङको अनुसन्धान गर्ने भएको छ ।

बजार सुस्त भईरहेका बेला खेलाडीहरुले आफ्नो शेयर बेच्नका लागि कृतिम मूल्य सृजना गरेपछि बोर्डले यस विषयमा अनुसन्धान गर्ने भएको हो ।

आईसिएफसि फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर कर्नरिङ अनुसन्धान गर्दै धितोपत्र बोर्ड

सोमबार दिनभर घटेर बिक्री चापको अवस्थामा रहेको दुबै कम्पनीको शेयर मूल्य अन्तिम समयमा एकाएक उचालेका थिए । बजार २० अंकले घटेका बेला अन्तिम समयमा १० प्रतिशतले शेयर मूल्य बढाएर अर्को दिन आफुसँग भएको सबै शेयर बेच्ने योजना बजारमा चलखेल गर्ने समुहले बनाएको थियो । तर बोर्डको कदमपछि दुबै कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । बजारमा हुने यस किसिमको असामान्य अवस्था र अस्वभाविक चलखेलले साधारण अनि साना लगानीकर्ता फस्ने गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ