इन्फिनिटी लघुवित्तको आकर्षक लाभांश प्रस्ताव

0
Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको मंसिर ४ गते शनिबार सम्पन्न भएको सञ्चालक समितिको ७३ औंबैठकले साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेपश्चात आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन सहित १.४६ प्रतिशत नगद लाभांश गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आवबाट लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आवमा भने झण्डै दोब्बर लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । यसअनुसार लघुवित्तले ८ करोड ९९ लाख ९ हजार ८१२ रुपैयाँ ७४ पैसा बोनस शेयर र ४७ लाख ३२ हजार ९५ रुपैयाँ ४१ पैसा नगद लाभांश वितरण गर्नेछ ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४१ करोड ४५ लाख १८ हजार ६३३ रुपैयाँ ७४ पैसा पुग्नेछ ।

यस्तो छ कम्पनीले विगत आवमा वितरण गरेको लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2077/2078 27.70 1.46 29.16
2 2076/2077 14.25 0.75 15.00
3 2075/2076 10.00 5.00 15.00

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ मंसिर २०७८, आइतबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।