साना किसान विकास लघुवित्तले ३१ करोड २८ लाखको बोनस बाँड्ने

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ३१ करोड २८ लाख ८२ हजार ७३५ रुपैयाँ बराबरको बोनस  वितरण गर्ने भएको छ ।

संस्थाको मंसिर ८ गते, बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्त सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार ९८० रुपैयाँ रहेको छ । प्रस्तावित ३१ करोड २८ लाख ८२ हजार ५७४५ रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२५ रुपैयाँ पुग्नेछ ।

लघुवित्त कम्पनीले गत आवबाट प्रस्तावित लाभांश अघिल्लो आवको सरह हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट लघुवित्तले २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्ताे छ विगतकाे लाभांश इतिहासः-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2077/2078 25.00 1.32 26.32
2 2076/2077 25.00 1.32 26.32
3 2075/2076 27.25 1.43 28.68
4 2074/2075 25.00 1.31 26.31
5 2073/2074 25.00 1.32 26.32
6 2072/2073 25.00 1.31 26.31
7 2071/2072 25.00 1.31 26.31
8 2070/2071 0.00 15.78 15.78
9 2069/2070 15.00 11.31 26.31

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ मंसिर २०७८, बिहिबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।