सपोर्ट लघुवित्तको साधारण सभा पुस १० गते

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले पुस १० गते सातौं वार्षिक साधारण सभा डाकेको छ । 

कम्पनीको मंसिर १५ गतेको सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५७ प्रतिशत नगद गरी कुल ३१.५७ लाभांश अनुमोदन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ६ करोड ६० लाख रहेको छ । एक करोड ९८ लाख रुपैयाँ बराबरको प्रस्तावित बोनस सेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १ गते (बुकक्लोज) मिति तोकेको छ । यस अनुसार बुक क्लोजको आधारमा मंसिर २९ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम रहने लगानीकर्ताहरुले मात्र लघुवित्तको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ मंसिर २०७८, बिहीबार  ११ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।