बरुण हाइड्रोपावरको एजीएममा फेरि हकप्रद एजेण्डा: पारित भएकाे ५ वर्षसम्म निष्काशन नभएकाे अब आउला ?

0
Shares

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले पुस २९ गते आह्वान गरेको १८ औं वार्षिक साधारण सभामा पनि १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव अगाडि सारेको छ ।

हकप्रद निष्काशन गर्ने प्रस्ताव आएसँगै कम्पनीको सेयरमूल्यमा बुधबार सकारात्मक सर्किट लागेर बढेको छ । यद्यपी कम्पनीले सो प्रस्ताव २०७३ असार २० गते सम्पन्न विशेष साधारण सभामा नै पारित गरेर प्रकृया अगाडि बढाउने निर्णय गरेपनि पाँच वर्षसम्म सो प्रकृया अगाडि बढ्न सकेको देखिँदैन ।

पाँच वर्षसम्म पनि प्रकृया अगाडि बढाउन नसक्नुले कम्पनीले सेयरमूल्यमा प्रभाव पार्ने उदेश्यका साथ मात्र हकप्रदको एजेण्डा अगाडि ल्याएको देखिन्छ । नत्र पाँच वर्षसम्म साधारण सभाबाट पारित एजेण्डालाई कार्यान्वयनमा लैजान नसक्नुले पनि कम्पनीको उदेश्य के हो भन्ने स्पष्ट पार्छ ।
बरुण हाइड्रोपावरले पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगरमा बिहान १० बजे साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते शुक्रबार सेयर दाखि खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । यसअनुसार पुस १५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनी मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

गत आवमा २२ लाख नाफा गरेको कम्पनीले सो वर्षबाट लगानीकर्तालाई कुनैपनि लाभा.शवितरण गर्ने प्रस्ताव गरेको छैन । त्यसअघि कम्पनीले २०७६।७७ मा५ प्रतिशत बोनस सेयर र कर प्रयोजनतका लागि नगद र आव २०७३।७४ र ५ प्रतिशत नै बोनस सेयर र कर प्रयोजनका लागि नगद वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७८, बुधबार  १६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।