माउन्टेन हाइड्रोको वार्षिक साधारण सभा सम्पन्न

0
Shares

माउन्टेन हाइड्रो नेपाल लिमिटेडको संयुक्त वार्षिक साधारण सभा आज (सोमबार) सम्पन्न भएको छ ।

कम्पनीले चौंथो तथा पाँचौं वर्षको सभा एकैपटक सम्पन्न गरेको हो । कम्पनीको पौष ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा सोमबार कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु भएको थियो ।

सभाले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वार्षिक आर्थिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  ०९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।