नेप्सेले ऐतिहासिक रेकर्ड ब्रेक गर्दा लगानीकर्ताको आकर्षण बीमा र जलविद्युतमा

6
Shares

शेयर बजार परिसूचक मापक नेप्से बढेर हालसम्मकै उच्च बिन्दु पुगेर रेकर्ड ब्रेक गर्दा शेयर बजारका लगानीकर्ताको आकर्षण मंगलबार बीमा र जलविद्युत कम्पनीका शेयर तर्फ बढेको छ । मंगलबार जलविद्युत कम्पनीको शेयरमा पनि लगानीकर्ताको आकर्षण उच्च बढेको छ । जसले मंगलबार जलविद्युत उपसमुहको परिसूचक ३.६० प्रतिशतले बढेको छ ।

यसैगरी निर्जीवन बीमा कम्पनी प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट मंगलबार लाभांश प्रस्ताव गरेपछि अब अन्य निर्जीवन बीमा कम्पनीहरुको पनि धमाधम लाभांश आउने आशामा लगानीकर्ताको आकर्षण निर्जीवन बीमा कम्पनीहरुको शेयरमा परेको हो । जीवन बीमा सूचकमा पनि राम्रै बढोत्तरी देखा परेको छ । नेप्सेले अल टाइम हाइको बाटोतर्फ बढ्ने संकेत पाएपछि लगानीकर्ताहरुले बीमा कम्पनीहरुको शेयरमूल्यमा बढोत्तरी आउने अनुमान गर्दै धमाधम बीमा कम्पनीको शेयरमा लगानी बढाएका छन् ।

मंगलबार जीवन बीमाको सूचक २.६७ र निर्जीबन बीमा उपसमुहको सूचक २.६६ प्रतिशतले बढोत्तरी हुँदा उच्च कारोबार गर्ने कम्पनीमा प्रिमियर इन्स्योरेन्स परेको छ भने सबैभन्दा धेरै शेयरमूल्य बढ्ने कम्पनीमा आइएमई जनर इन्स्योरेन्सको अग्रता देखा परेको छ ।

धितोपत्र कारोबार मापक नेप्से परिसूचक मंगलबार २८.३१ अंकले बढेर २२६७.७३ को ऐतिहासिक उचाइमा पुगेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ३.६९ अंकले बढेर ४३३.२८ को बिन्दुमा पुगेको छ ।

नेप्से बढेपनि मंगलबार कारोबार रकम भने घटेर ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँमा सीमित भएको छ । आज सदनभरमा २०७ कम्पनीका १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर ४५ हजार ५६९ पटक खरीद बिक्री भएको छ ।

कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये ब्यापार १५ अंकले घठेको बाहेक ११ वटामा हरियाली छाएको छ । जीवन बीमा ३७६, निर्जीवन बीमा समूह २७३, जलविद्युत ६०, लघुवित्त ५३.१९ अंक, वित्त २३, विकास बैंक १९ अंक, बैंकिङ्गमा १४ अंक बढीको बढोत्तरी आएको छ । होटेल उपसमूहमा ९.९३ अंक, उत्पादन तथा प्रशोधन ६.८९, अन्य ६.४८ र म्युचुअल फन्ड ०.१ अंकले बढेको छ ।

  • प्रिमियर इन्स्योरेन्सको सर्वाधिक कारोबार

मंगलबारको बजारमा प्रिमियर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
यसैगरी प्रभु बैंकको १६ करोड ८ लाख, अपर तामाकोशीको १५ करोड ७१ लाख, नेपाल लाइफ इन्स्योरेन्स १५ करोड ५५ लाखको शेयर खरीद बिक्री भएको छ ।

यसैगरी नेशनल लाइफ इन्स्योरेन्सको १४ करोड ९७ लाख, सिभिल बैंकको १४ करोड १ लाख, नेपाल रि इन्स्योरेन्स कम्पनीको १३ करोड २२ लाख, एनआईसी एशिया बैंक १२ करोड ३८ लाख, नेपाल टेलिकमको १२ करोड २२ लाख र लुम्बिनी जनरल इन्स्योरेन्सको १० करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-01-12 15:00:00
PIC 290,634,470.00 1,065.00
PRVU 160,865,667.00 411.00
UPPER 157,113,882.00 478.00
NLIC 155,581,233.00 2,414.00
NLICL 149,722,531.00 1,180.00
CBL 140,130,841.00 224.00
NRIC 132,276,031.00 1,535.00
NICA 123,833,420.00 918.00
NTC 122,280,530.00 1,253.00
LGIL 100,334,149.00 655.00
  • आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक

म्ंगलबार कारोबारमा ८ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक बढेको बजारमा आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, अपर तामाकोशी, प्रभु लाइफ इन्स्योरेन्स र समृद्धि फाइनान्स र गोर्खाज फाइनान्सको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको हो ।

यसैगरी नारायाणी डेभलपमेन्ट बैंक र मल्टिपपर्स फाइनान्स लिमिटेको शेयरमूल्य ७ प्रतिशत धेरै बढेर शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमा समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-01-12 15:00:00
IGI 825.00 75.00 10.00
ACLBSL 981.00 89.00 9.98
CORBL 310.00 28.00 9.93
UFL 322.00 29.00 9.90
UPPER 478.00 43.00 9.89
PLI 247.00 22.00 9.78
SFCL 147.00 13.00 9.70
GUFL 253.00 21.00 9.05
NABBC 829.00 65.00 8.51
MPFL 170.00 12.00 7.59
  • नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाए

मंगलबार नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयरमा लगानी गरेका शेयरधनीहरुले सबैभन्दा धेरै गुमाएका छन् । हाइड्रोको शेयरमूल्यमा ३.७८ प्रतिशतले घटेको हो ।

यसैगरी प्रिमियर इन्स्योरेन्स, सिभिल लघुवित्त, एनएमबि ५०, सूर्या लाइफ इन्स्योरेन्स संस्थापक, एभरेष्ट इन्स्योरेन्स संस्थापक, तारागाउँ रिजेन्सी होटल, युनिलिभर कम्पनी, नेपाल फाइनान्स, र आरएमडिसी लघुवित्तको शेयरमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-01-12 15:00:00
NHDL 229.00 -9.00 -3.78
PIC 1,065.00 -25.00 -2.29
CLBSL 880.00 -20.00 -2.22
NMB50 10.55 -0.20 -1.86
SLICLP 283.00 -5.00 -1.74
EICPO 290.00 -5.00 -1.69
TRH 301.00 -5.00 -1.63
UNL 19,310.00 -279.00 -1.42
NFS 245.00 -3.00 -1.21
RMDC 1,151.00 -14.00 -1.20

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  १६ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।