सामान आयात तथा ढुवानी गर्दा स्वदेशी सेवा प्रदायकलाई प्राथमिकता दिनुपर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले सामान आयात गर्दा गरिने बीमा तथा ढुवानीमा स्वदेशी सेवा प्रदायकलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले स्वदेशी बीमा तथा ढुवानी कम्पनीलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले मंगलबार विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सामान आयात गर्दा गरिने बीमा सम्भव भएसम्म स्वदेशी कम्पनी मार्फत नै गर्नुपर्ने व्यवस्था गरेको हो । त्यसैगरी केन्दीय बैंकले सामान आयात गर्दा ढुवानी सम्बन्धी सेवाका लागि पनि सम्भव भएसम्म स्वदेशी सेवा प्रदायकबाट सेवा उपभोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले आयात व्यापारमा पनि आवश्यक पर्ने बीमा र ढुवानी सम्बन्धी सेवाहरु दिँदा सम्भव भएसम्म नेपाली सेवा प्रदायकलाई प्राथमिकता दिनुपर्ने व्यवस्था थप गरेको हो ।

यसभन्दा अघि भारत बाहेक अन्य मुलुकहरूबाट सिआईएफ बाहेकका मूल्यमा प्रतीतपत्र मार्फत आयात गर्दा सम्भव भएसम्म नेपाली विमा कम्पनीहरूबाट विमा गराउनुपर्ने व्यवस्था थियो । संशोधनपछि बीमा तथा ढुवानी सेवाप्रदायक सम्भव भएसम्म नेपाली कम्पनीहरुलाइ नै प्राथमिकता दिने व्यवस्था गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  १७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।